काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहको सरकार मिलेर आपसी सहकार्यमा देश बनाउनुपर्ने बताएका छन् ।

सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने भएकाले आफ्नो देश आफै बनाउनुपर्ने बताए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बताए ।

उनले कम खर्च बढी लाभ दिनेगरी प्रविधिको प्रयोग गर्ने पनि बताए । विधिको प्रयोग गरेर आधुनिकतातर्फ छिटो अगाढि बढ्न सक्ने उनले बताए ।