अरिङ्गालको टोकाइबाट दिदी-बहिनीको मृत्यु
खबर एक्सप्रेस
२०७७-०७-१२ ०१:५८ मा प्रकाशित
Total Shares: 352
काठमाडौें,डोटी - जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाका भीमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस