काठमाडौं,एजेन्सी - भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच स्वीडेनको राष्ट्रिय टिममा फर्केका छन् । सन्यास लिएको पाँच वर्षपछि इब्राहिमोभिच राष्ट्रिय टिममा फर्किएका हुन् । 

विश्वकप छनोटका लागि मंगलबार घोषणा गरिएको स्वीडेनको टिममा इब्राहिमोभिच पनि समावेश छन् । सन् २०१६ को युरोकपबाट बाहिरिएपछि इब्राहिमोभिचले सन्यास लिएका थिए । तर, ३९ वर्षीय इब्राहिमोविच सन्यास फिर्ता लिदै टिममा फर्किएका हुन् । सन्यास लिनुअघि उनले स्वीडेनको लागि ११६ खेल खेल्दै ६२ गोल गरेका थिए ।

२०२२ को विश्वकप छनोट अन्तर्गत स्वीडेनले जर्जियासँग र कोसोभोसँग खेल्दैछ ।