काठमाडौं,एजेन्सी -  फ्रेन्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले हार व्यहोरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजी मोनाकोसँग २-० ले पराजित भएको हो । 

खेलको छैटौं मिनेटमा सोफियाने डिओपले गोल गर्दै मोनाकोलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५१ औं मिनेटमा गुइलेर्मोको गोलबाट मोनाकोले २-० को जित दर्ता गर्यो ।  घरेलु मैदानमा पीएसजीले मौका पाए पनि सदुपयोग गर्न नसक्दा महंगो हार व्यहोर्न पुग्यो । 

जितसँगै मोनाको २६ खेलमा ५२ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । पराजित पीएसजी भने दोस्रो स्थान जोगाउने मौकाबाट वञ्चित बनेको छ । समान खेलबाट पीएसजी ५४ अंकसहित तेस्रो स्थानमा झरेको छ ।