काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २५२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०२० र एन्टिजेन विधिबाट ५०५  जनामा संक्रमण पुष्टि भएको हो । 

मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ५१ हजार १ र एन्टिजेनबाट ८० हजार ९६७ जना पुगेको छ ।  

यस्तै, आज थप २०८६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख २ हजार १८३ जना पुगेको छ । निको हुनेको दर ९३.५ प्रतिशत छ । 

आज संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ५६८ पुगेको छ ।