काठमाडौं - सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले अर्थमन्त्री पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य चयन गरेको छ ।

यस्तै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि बर्खास्त गरेको छ ।