माधव-झलनाथ पक्षले आज पत्रकार सम्मेलन गर्दै
खबर एक्सप्रेस
२०७७-१२-०३ १०:३४ मा प्रकाशित
Total Shares: 353
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
मंगलबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित हेरिटेड गार्डेनमा पत्रकार सम्मेलन गर्न लागिएको हो । चैत ४ र ५ गते आयोजना गरिएको राष्ट्रिय भेलाका सन्दर्भमा पत्रकार सम्मेलन गर्न लागिएको स्रोतको भनाई छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् तर, सो पक्षले बहिस्कार गर्ने बताएको छ । गत फागुन २८ गते प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि सो पक्ष रुष्ट बनेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस