हाजार्ड र कासमिरोलाई कोरोना
खबर एक्सप्रेस
२०७७-०७-२२ ०९:५८ मा प्रकाशित
Total Shares: 390
काठमाडौं,एजेन्सी - स्पेनीस क्लब रियल मड्रिडका दुई खेलाडीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
इडेन हजार्ड र कासमिरोको कोरोना परीक्षण पोजेटीभ आएको गोल डटकमले जनाएको छ ।क्लबले शुक्रबार बिहान खेलाडी र व्यवस्थापनका सबैको स्वाब संकलन गरेको थियो ।
उनीहरू दुई बाहेक बाँकी खेलाडी, व्यवस्थापन र उनीहरू प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारीहरूको भने रिर्पोट नेगेटिभ आएको बताइएको छ ।
बुधबार मात्रै हाजार्ड र कासमिरो रियलबाट इन्टरनेसनल क्लबसँग च्यापियन्स लिग खेलेका थिए । रियल मड्रिडले आइतबार राती ला लिगामा भ्यालेन्सियासँग खेल्दैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस