प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले संसद् बैठक अवरुद्ध गर्ने
खबर एक्सप्रेस
२०८०-०३-२० ०३:१० मा प्रकाशित
Total Shares: 224
काठमाडौं-नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् बैठकमा विरोध गर्ने भएको छ।
बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालकाे अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन अवरुद्ध गर्ने निर्णय गरेकाे सचेतक महेश बर्तौलाले बताए।
प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस