अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते
अर्घाखाँची - अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छन् ।
जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ८ दुर्गा फाँट कुडेलेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
पर्वत जिल्लाबाट अर्घाखाँचीको सुपादेउराली दर्शन गर्न गएको दर्शनार्थी सवार ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको हो ।
बस दुर्घटनामा २५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्रहरीको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिरहेका छन् ।
उद्धार गरी केही घाइतेहरूलाई जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पा पठाउने काम भइरहेको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस