काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र किंग्स ११ पञ्जाबबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार दुबई अन्तराष्ट्रिय रंगाशालामा ७:४५ बजे सुरु हुनेछ ।

अंक तालिकाको छैटौँ स्थानमा रहेको हैदरावादलाई पुछारमा रहेको पञ्जाबले चुनौती दिन लागेको हो । हैदरावाद जारी सिजनमा पाँच खेलमा दुईमा विजयी भएको छ भने ३ खेलमा पराजित छ । पञ्जाब भने एक खेलमा जित र चारमा हार व्यहोर्दै अंक तालिकाको पुछारमा छ ।

कप्तान डेविड वार्नरको कप्तानीमा रहेको हैदरावादमा केन विलियन्स, राशिद खान, अब्दुल सामद, जोन वेरिस्ट्रोलगायतका खेलाडी रहेका छन् ।

यता, पञ्जाबमा भने केएल राहुलको नेतृत्वमा क्रिस गेल, ग्लेन म्यासवेल, म्यानक अग्रवाल, निकोलस पुरनलगायतका अनुभवी खेलाडी छन् ।

जारी सिजनमा अंक तालिको शिर्षस्थानमा मुम्बई इन्डियन्स रहेको छ भने दोस्रो स्थानमा दिल्ली क्यापिटल्स रहेको छ । दुवै टोली पछिल्लो दुई खेल अपराजित छन् ।