प्रधानन्यायाधीश जबराद्वारा नेपाल बारलाई वार्ताको आह्वान
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्ताको आह्वान गरेका छन् । प्रधानन्यायाधीश जबराले शुक्रबार (आज) पत्र पठाएर बारका अध्यक्ष श्रेष्ठलाई वार्ताको आह्वान गरेका हुन् ।
बारका एक पदाधिकारीका अनुसार बारको सल्लाहकार समितिको बैठक सुरु हुन लाग्दा अध्यक्ष श्रेष्ठलाई सर्वोच्चबाट पत्र प्राप्त भएको थियो । जहाँ अध्यक्ष श्रेष्ठले आफूलाई सर्वोच्चबाट आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए ।
प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको पत्रमा उल्लेख गरेका बताइएको छ । साथै उनले जुनसुकै बेला वार्ता गर्न प्रस्ताव पनि गरेका छन् । प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरासमेत पत्रमा उल्लेख गरेका बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस