अर्थमन्त्री सनसिटी जानुभएको छैन : सचिवालय
काठमाडौं - अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा छोरा तिलक खतिवडालाई भेट्न सनसिटी अपार्टमेन्ट नपुगेको उनको सचिवालयले बताएको छ ।
सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चैत ८ गते भएको निर्वाचनपछि बधाई दिन अपार्टमेन्टमा नपुगेको सचिवालयको जनाएको छ ।
'केहि दिनदेखि उहाँ कुनै कार्यक्रममा सहभागि हुनु भएको छैन' सचिवालयले भन्यो, 'उहाँ निवास, सिंहदरबार र बालुवाटार मात्र काममा व्यस्त हुनुभएको छ ।'
त्यसैगरी मन्त्री खतिवडाका प्रेस संयोजक यमप्रसाद पौडेल भन्छन्, 'उहाँ आफैंमा मुटुको बिरामी हुनुहुन्छ, निर्वाचित समितिलाई बधाई दिन जानु भएको छैन ।' अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनाका कोरोना भाइरसको संक्रमण देखिएपछि त्रास बढेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस