काठमाडौं - बुधबार बिहान जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरमा ब्यारेक भवन उद्घाटन गर्ने कार्यक्रम चलिरहेको थियो।

कार्यक्रममा आईजीपी ज्ञवाली, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, ललितपुरका सिडिओ नारायण भट्ट, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरुलगायत उपस्थित थिए ।

४ तल्ले भवनको उद्घाटन गरेर आईजीपी ज्ञवालीले मन्तव्य राखिरहँदा भित्र प्रहरी हिरासतमा रहेका एक थुनुवाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा २४ वर्षीय दुर्गेश यादव रहेका छन् । उनी शारिरीक अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा असार १४ गते ग्वार्कोबाट पक्राउ परेका थिए ।

यादवले हिरासत कक्षमा रहेको तन्ना च्यातेर झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।