संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि : सभामुख घिमिरे
खबर एक्सप्रेस
२०८०-०१-२४ ०४:०७ मा प्रकाशित
Total Shares: 96
काठमाडौं-सभामुख देवराज घिमिरले संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम जेठ महिनादेखि सुरु हुने जानकारी गराएका छन् ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने जानकारी गराएका हुन् ।
सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने बताउँदै उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय भने कानुन मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर निर्धारण गरिने बताए ।
फेसबुक पेज Like गर्नुहोस