सरकारले त्रिकोणात्मक टी-ट्वान्टी सिरिज जित्ने नेपाली खेलाडीलाई जनही ४ लाख दिने
खबर एक्सप्रेस
२०७८-०१-१५ ०२:३८ मा प्रकाशित
Total Shares: 267
काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि उचालेका नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ ।
बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने जानकारी दिएका हुन् । यस्तै, ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिइनेछ ।
नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्डलाई १४२ रनले हराउँदै उपाधि हात पारेको थियो ।
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले नेदरल्यानड्सविरुद्ध हालसम्मकै ठूलो अन्तरमा जित हासिल गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस