करीना कपूरले गर्भवती अवस्थामा खिचाइन् यस्तो फोटो
काठमाडौं,एजेन्सी - बलिउड अभिनेत्री करीना कपूर गर्भवती भएकी छन् । दोस्रोपटक गर्भवती भएकी उनी यसको पूर्ण आनन्द उठाइरहेकी छन् ।
मुम्बईको बान्द्रास्थित शीला राहेजा अडिटोरियम बाहिर उनको बेबी बम्प देखिएको हो । त्यस अवसरमा उनले स्टाइलिश कपडा लगाएकी थिइन् । त्यहाँ उनी आफ्नो रेडियो शो ह्वाट विमेन वान्टको नयाँ सीजनको रेकर्डिङका लागि पुगेकी थिइन् ।
उनले पूरा बाहुला भएको ग्रे कलरको टर्टलनेक ड्रेस लगाएकी थिइन् । उक्त वस्त्रमा उनको बेबी बम्प स्पष्ट देखिएको थियो । उनको अनुहारमा गर्भवती अवस्थाको ग्लो पनि देखिएको थियो ।
करीनाले नेहा धूपियालाई दिएको एक अन्तर्वार्तामा दोस्रो सन्तानको नामका विषयमा खुलेर कुराकानी गरेकी थिइन् । उनले भनिन्, ‘तैमूरको नामका विषयमा विवाद भएको थियो । त्यसैले सैफ र मैले नामको बारेमा सोचेका छैनौं ।
हामी यसलाई अन्तिम समयसम्मका लागि छोड्नेछौं र सरप्राइज दिनेछौं ।’
फेसबुक पेज Like गर्नुहोस