काठमाडौं,एजेन्सी - मार्कुस रासफोर्डको गोलमा म्यानचेष्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा उल्भ्सलाई हराएको छ ।

मंगलबार राति ओल्डट्राफोर्डमा युनाईटेडले उल्भ्सलाई १–० गोल अन्तरले हराएको हो ।

युनाईटेडको जितमा रासफोर्डको खेलको ईन्जुरी समयमा निर्णायक गोल गरे ।

बराबरीतर्फ उन्मुख खेलमा ब्रुनो फर्नान्डेजले उपलब्ध गराएको पासमा रासफोर्डले गोल गरेका हुन् ।

जितसंगै युनाईटड ३० अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उल्भ्स २१ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।