काठमाडौं - नारायणी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार शुक्रबार राति गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

बहुदरमाई नगरपालिकाका मेयर साहले गत साउन २१ मा स्वाब परीक्षणका लागि दिएका थिए । जसमा मेयरसहित २५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कन्ट्याक्ट ट्रेसिङमा नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा बाराका २ जना र सर्लाहीका १ जनामा पनि रहेका छन् ।