काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ ।

क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरेको हो ।

नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म हुनेछ ।