जातका कारण कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त
खबर एक्सप्रेस
२०७८-०३-०९ ०२:२७ मा प्रकाशित
Total Shares: 398
काठमाडौं - जातीय कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् ।
जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो ।
उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।
फेसबुक पेज Like गर्नुहोस