काठमाडौं - बलिउड कलाकारहरू विक्की कौशल र कट्रिना कैफले विवाह तयारी गरेका छन् । 

तर, डिसेम्बर ७ देखि ९ सम्म यी दुईले विवाह गर्दैछन् । विवाहका लागि केही समय अगाडिबाट नै तयारी पनि शुरु गरिएको छ ।

विक्की र कट्रिनाको बिहेमा बलिउडकर्मी, आफन्त र साथीभाइहरुको बाक्लो उपस्थिति हुनेछ । यसैले पनि विवाह समारोहलाई भव्य बनाउन यी दुईले कुनै कसर बाँकी नराख्ने देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विक्की र कट्रिनाको विवाहका लागि ४५ वटा होटल बुक गरिएको छ । महंगा र आरामदायी होटलमा विवाहमा पुगेका पाहुनाहरु बस्नेछन् ।