कोरोना संक्रमणका कारण पोखरामा थप ३ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०८-०४ ०२:१२ मा प्रकाशित
Total Shares: 738
काठमाडौं,पोखरा - कोरोना संक्रमणका कारण पोखरामा थप ३ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ की ७५ वर्षीय महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
कार्तिक २४ गते उनी संक्रमित भएको पुष्टि भएको थियो । पोखरा ९ की ८३ वर्षीय वृद्धाको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
फिस्टेल हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचारका क्रममा उनको मृत्यु भएको हो । लमजुङका १ जनाको समेत आज पोखरामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस