काठमाडौंमा जोर-बिजोर कायमै
खबर एक्सप्रेस
२०७७-०५-३१ ०८:४४ मा प्रकाशित
Total Shares: 424
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि जिल्लाभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु हुने जनाएको छ ।
सरकारले असोज १ गतेदेखि देशभर लामो, छोटो तथा मध्यम दूरीका सार्वजनिक तथा निजी सवारी सञ्चालन गर्ने भने पनि जिल्ला प्रशासन काठमाडौंले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा निजी सवारी साधनहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने गरी जोर-विजोर प्रणालीअन्तर्गत सञ्चालन गर्नुपर्ने जनाएको हो ।
तर अत्यावश्यक सेवा, कार्यालय आवतजावत र सबै प्रकारका ढुवानीका साधनको हकमा जोर/विजोर प्रणाली लागु नहुने प्रशासनले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस