लुम्बिनी सरकार विस्तार, ६ जना नयाँ मन्त्री
बुटवल - लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । त्यसमध्ये ६ जना विना विभागीय छन् । आज थपिएका ६ जना मन्त्रीकै कार्यविभाजन गरिएको छैन । उनीहरू सबैले आजै विना विभागीय मन्त्रीको शपथ लिंदैछन् ।
यसअघि नै एमालेका चेतनाथ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बाँकी सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महराले सम्हालिरहेका छन् । मुख्यमन्त्री महरालाई विश्वासको मत दिएका स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि पूर्वसहमति अनुसार मन्त्री बनाइएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस