रोनाल्डो, मेस्सी र लेवान्डोस्की वर्ष पुरुष खेलाडीमा मनोनयन
खबर एक्सप्रेस
२०७७-०८-२७ ०७:५२ मा प्रकाशित
Total Shares: 404
काठमाडौं,एजेन्सी - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनीक गरेको छ ।
फिफाले शुक्रबार सार्वजनीक गरेको पुरुष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की रहेका छन् ।
युरोपेली क्लब फुटबलका सर्वाधिक सफल तीन फुटबलरलाई फिफाले सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरेको छ ।
लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोकृष्ट सफल क्लब बनाउन मुख्य भूमिका खेलेका थिए ।
रोनाल्डोले गत सिजन ईटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए । यता बार्सिलोना स्टार लियोनल मेस्सीले समेत युरोपेली फुटबलमा आफ्नो दबदबा कायम राखेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस