थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार १३४ र एन्टिजेन विधिबाट १ हजार ९३२ जनामा परिक्षण गर्दा ३९७ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १६ हजार ४१५ र एन्टिजेनबाट ९५ हजार ३७ जना पुगेको छ ।
यस्तै, आज थप ३८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ हजार ४४८ जना पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४६९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस