दार्चुलामा एकाबिहानै ४.२ म्याग्निच्युडको भूकम्पको धक्का
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 4
काठमाडौं - दार्चुलामा आज बिहान भूकम्प गएको छ ।
बिहान ३ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस