नेपालगञ्ज - शनिबार बाँके र बर्दियाका थप २३ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किएका छन् । बाँके जिल्लाका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूबाट उपचारपछि १८ जना बाँकेका तथा ५ जना बर्दियाका संक्रमितहरु घर फर्किएका हुन् ।

नेपालगञ्जस्थित आइसोलेसन सेन्टरबाट १२ जना, खजुरा क्यान्सर आइसोलेसन अस्पतालबाट दुई जना, आइसोलेसन सेन्टर खजुराबाट चार जना गरेर १८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । बाँकेका आइसोलेसनमा रहेका बर्दियाका पाँच जना पनि निको भएर घर फर्किएका हुन् ।

शनिबार नै राप्तीसोनारी गाउँपालिकाका एक र कोहलपुर नगरपालिकाका एक गरेर दुई जना सङ्क्रमित पनि थपिएको भेरी अस्पतालले जनाएको छ ।

बाँकेमा ३५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा हालसम्म ३०२ जना निको भएर घर फर्किसकेका छन् भने ४८ जना अझै विभिन्न आइसोलेसनमा रहेका छन् ।