काठमाडौं,एजेन्सी - इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले क्लब छाड्ने भएका छन् । सिटीले सिजनको अन्तिममा अग्युरोले ब्लब छाड्ने पुष्टि गरेको हो । 

यसै सिजनको अन्त्यमा सम्झौता सकिन लागेकाे अग्युरोसँग कलबले थप सम्झौता नगर्ने भएको छ । अग्युरो सन् २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट सिटीका आएका थिए । ३२ वर्षीय अग्युरोले सिटीका लागि ३ सय ८४ खेलमा २ सय ५७ गोल गरेका छन् । उनी सिटीका सर्वाधिक गोलकर्तासमेत हुन् ।

अग्युरोले सिटीका लागि ४ प्रिमियर लिगको उपाधि जितेका छन् भने एक एफए कप, दुई कम्युनिटी शिल्ड र पाँच लिग कप जितेका छन् ।