कोरोना संक्रमणबाट पोखरामा ७६ वर्षीय पुरुषको मृत्यु
खबर एक्सप्रेस
२०७७-०८-१० ०२:३३ मा प्रकाशित
Total Shares: 346
काठमाडौं,पोखरा - कोरोना भाइरसको संक्रमणको कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूष रहेका छन् ।
उनको बुधबार बिहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै आएको थियो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको १४२ पुगेको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस