काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि भनिएको अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक बुधबार पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

1_2_अध्यादेश जारी_2080_विज्ञप्ति (1)1683107595.jpg