काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको प्रदेशको २ को नाम ‘जानकी प्रदेश’ बहुमतले अस्वीकृत भएको छ ।

मंगलबार भएको मतदान प्रक्रियाबाट नेकपाको उक्त प्रस्ताव बहुमतले प्रदेशसभाबाट खारेज भएको हो । प्रदेश नामाकरणका लागि प्रदेशसभामा नेकपाले गरेको पहिलो प्रस्तावमा १०७ जना सांसदले मतदान गरेकोमा ३७ मत खसेको छ भने विपक्षमा ७० मत परेको छ ।

प्रस्ताव स्वीकृत हुनका लागि दुई तिहाई अर्थात कम्तिमा ७२ मत ल्याउनुपर्दछ ।