‘ए’ डिभिजन लिग : नेपाली फुटबल महारथीकाे भिडन्त
काठमाडौं - काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ । लिगमा आज साविक विजेता मनाङ र गत वर्ष चौथो भएको आर्मीबीच दिउँसो १२ बजे खेल हुने छ । त्यस्तै यस्तै घरेलु फुटबलमा ‘राइभर्ली’ को रुपमा परिचित नेपाल पुलिस र थ्री स्टार क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।
यी चारै टीम विगत दुई दशकयताका सबैभन्दा शत्तिशाली टीम हुन् । यसकारण आजको खेल थप रोमाञ्चक हुने बताइको छ ।
यसपटक राष्ट्रिय खेलाडी विना नै लिगमा उत्रिएको मनाङले पहिलो खेलमा दुई शुन्यको जित निकालेपनि सोचेको जस्तो खेल्न सकेको थिएन । यता आर्मीले मनाङसँग अंक लिने लक्ष्यमा छ । भोली विजयी हुने टिम लिगको शिर्ष स्थानमा उक्लने छ ।
यस्तै रंगशालामा नै दिउसो ३ बजे हुने पुलिस र थ्रीस्टार विचको खेलमा दुबै टिमको लक्ष्य जित हुनेछ । दुबै टिम पहिलो जितेको खोजीमा हुनेछन । यसअघि पहिलो चरणमा दुबै टिमले बराबरी खेलेका थिए ।
थ्रीस्टार जाउलाखेलसँग गोलरहित बराबरी खेलेको थियो भने नेपाल पुलिस क्लव हिमालयन शेर्पासँग बराबरीमा रोकेको थियो । यसपटक पुलिसको टिममा खासै स्टार खेलाडी रहेका छैनन् । जसका फाइदा थ्रीस्टार लिने लक्ष्यमा हुनेछन ।
फेसबुक पेज Like गर्नुहोस