उरुग्वेसँग हार्यो कोलम्बिया
काठमाडौं, एजेन्सी - फिफा विश्वकप फुटबलको छनोटमा उरुग्वेले कोलम्बियालाई पराजित गरेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत गएराति भएको खेलमा उरुग्वेले कोलम्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । कोलम्बियामा भएको खेलमा उरुग्वेका लागि एडिनसन काभानी, लुइस स्वारेज र डार्विन नुनेजले एक/एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा काभानीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ५४ औं मिनेटमा स्वारेजले गोल गर्दै उरुग्वेलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७३ औं मिनेटमा डार्विनले गोल गर्दै उरुग्वेलाई ३-० को जित दिलाए ।
यो जितसँगै उरुग्वे चौंथो स्थानमा उक्लिएको छ । उरुग्वेले ३ खेलमा ६ अंक जोडेको छ । कोलम्बिया ३ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस