बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमित मृत्यु
खबर एक्सप्रेस
२०७७-०७-२७ ०२:४१ मा प्रकाशित
Total Shares: 215
काठमाडौं,रुपन्देही - रुपन्देहीमा थप १ कोरोना संक्रमित मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले रुपन्देहीको देवदह नगरपालिका ७ का ४७ वर्षीय पुरुषको आज मृत्यु भएको रातोपाटीलाई बताए ।
कात्तिक २० गते कोरोना पुष्टि भएका उनलाई २१ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई एचआईभी पोजिटिभ पनि रहेको अस्पतालले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस