माइतीघरमा संविधान जलाउने ५ जना पक्राउ
खबर एक्सप्रेस
२०७९-०६-०३ ०३:०५ मा प्रकाशित
Total Shares: 157
काठमाडौं - एजेन्सी संविधानविरूद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माइतीघर मण्डलामा ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाइरहेको बेला प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
संयुक्त जनआन्दोलन मोर्चाको आह्वानमा माइतीघरमा संविधान जलाएर विरोध गरिएको थियो । आगामी मंसिर ४ को निर्वाचन बहिष्कारको आह्वानसहित उनीहरूले ७२ को संविधान नमान्ने बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस