काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित २३० पदाधिकारी तथा केन्द्रीय सदस्यलाई कात्तिक १२ गते पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको छ।
उनीहरूलाई निर्वाचित भएको प्रमाणपत्रसमेत सोही दिन वितरण गर्ने तयारी छ।
कांग्रेस निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने गरी तयारी अघि बढाइएको छ। यद्यपि, मिति भने निश्चित भइसकेको छैन।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो।
सभापतिमा निर्विरोध निर्वाचित गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। तर, उनीबाहेकका २३० पदाधिकारी तथा सदस्यले शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र पाउन बाँकी छ।

.gif)


