बिग ब्याश लिग : इतिहास रच्न सन्दीपलाई एक विकेट पुगेन
खबर एक्सप्रेस
२०७६-१०-११ ११:०० मा प्रकाशित
Total Shares: 436
एजेन्सी - नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट ब्रिसबेन हिटविरुद्ध घातक बलिङ गरे पनि इतिहास रच्न भने अरु खेल कुर्नुपर्ने भएको छ ।
टस जितेर ब्याटिङमा उत्रिएको हिटविरुद्ध सन्दीपले ४ ओभरमा मात्रै १६ रन खर्चेर १ विकेट लिए । टि-ट्वान्टीमा यो विकेटसँगै ९९ पुर्याए पनि ऐतिहासक १०० विकेटका लागि भने उनले अन्य खेल कुर्नुपर्ने भएको हो ।
सन्दीपले सातौं ओभरमा मात्रै ३ रन दिए भने नवौं ओभरमा पनि उनले ३ रन मात्र दिए । १२औं ओभरमा उनले विकेट लिँदै ४ रन मात्र दिए । उनले लिनलाई ३४ रनमा क्याच आउट गराएका हुन् ।
१४ औं ओभरको बलिङमा उनले ५ रन खर्चिए ।
फेसबुक पेज Like गर्नुहोस