काठमाडौं - नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउने सम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हटाएकोमा नेकपाका सांसदले आपत्ति जनाएका छन् । 

संघीय संसद् सचिवालयले बिहीवार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठकमा दर्ता गरेको प्रस्ताव पेस हुने अवस्थामा थियो । तर, अन्तिम समयमा आएर सचिवालयले सो कार्यसूची संशोधन गर्दै त्यो विषयलाई नै हटाएको थियो ।

 राजधानी दैनिकबाट