४० वर्षीया महिलालाई करणी गरेको अभियोगमा किशोर पक्राउ
खबर एक्सप्रेस
२०७९-०४-२२ ०१:१६ मा प्रकाशित
Total Shares: 294
काठमाडौं,गुल्मी - ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती महिलालाई मालिका गाउँपालिका-६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस