पन्जाबविरुद्धको खेलमा 'स्लो ओभर' गरेको भन्दै कोहलीलाई १२ लाख भारु जरिवाना
काठमाडौंं,एजेन्सी - इन्डियन प्रिमियर लिग (आईपिएल) क्लब रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीलाई १२ लाख भारु जरिवाना गरिएको छ ।
गएराति किंग्स ११ पन्जाबविरुद्धको खेलमा 'स्लो ओभर' गरेको भन्दै आईपीएलले १२ लाख भारु (१९ लाख नेपाली रुपैयाँ) जरिवाना गरेको हो ।
पन्जाबविरुद्ध फिल्डिङमा रहेका कोहलीले पन्जाबका कप्तान केएल राहुलले प्रहार गरेको दुई बल क्याच छाडेका थिए । राहुलले ८३ रन र ८९ रन बनाएर खेलिरहँदा कोलहीले क्याच मिस गरेका थिए। सो खेल पन्जाबले ९७ रनले जितेको थियो ।
आइपिएलका अनुसार 'न्यूनतम ओभर गति' उल्लङघन गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो ।
राहुलले सो खेलमा ६९ बलमा ७ छक्का र १४ चौकाको सहयोगमा १३२ रन बनाएका थिए । जुन यस सिजनकै पहिलो शतक हो ।
पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस