ड्रग्सपार्टीको भिडियोलाई लिएर एनसीबीद्वारा करण जोहरलाई नोटिस जारी
काठमाडौं - मुम्बई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले फिल्म निर्माता करण जोहरलाई २०१९ मेमा उनको घरमा भएको कथित ड्रग्स पार्टीलाई लिएर नोटिस पठाएको छ ।
यस भाइरल भिडियोमा कैयौं बलिउड हस्ती देखिएका थिए । एनसीबीका एक अधिकारीले यो भिडियोको सम्बन्धमा नोटिस दिइएको बताएका छन् ।
अधिकारीले भने, ‘एनसीबीले यस सम्बन्धमा मनजिन्दर सिंह सिरसाबाट गुनासो मिलेको र महाराष्ट्र जोनल युनिटलाई मार्क गरिएको थियो । भिडियोको सत्यताबारे जाँच गर्न नोटिस पठाइएको हो ।’
यद्यपि अधिकारीले सोधपुछको मितिबारे कुनै जानकारी दिएका छैनन् । शरोमणी अकाली दलका नेता सिरसाले यस वर्षमा जोहरको आवासमा हाेस्ट गरिएको ड्रग्स पार्टीलाई लिएर सेप्टेम्बरमा एनसीबीसँग सम्पर्क गरेका थिए ।जहाँ दिपीका पादुकोण, अर्जुन कपुर, विक्की कौशल, वरुण धवन, रणवीर कपुर, मलाइका अरोडासहित कैयौं शीर्ष कलाकार सहभागी थिए ।
एनसीबीले पछिल्लो केही महिनामा बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्यु र अन्य विषयमा विभिन्न ड्रग्सको मामलामा सम्बन्धित कैयौं फिल्म हस्तीसँग सोधपुछ गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस