काठमाडौं - सडक तथा यातायातसम्बन्धी नीतिनियम बनाउने र त्यसको कार्यान्वयनदेखि रेखदेख गर्ने सबैभन्दा माथिल्लो निकाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । सोही मन्त्रालयका मन्त्री चढ्ने गाडी भने जथाभावी पार्किङ गरेको भेटिएपछि कारबाहीमा परेको छ । 

मन्त्री रघुवीर महासेठ चढ्ने बा२झ ४८६२ नम्बरको झण्डावाला गाडी बुधबार ट्राफिक प्रहरीको कारबाहीमा परेको हो । 

नयाँ बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखिएको उक्त गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरिदिएको समाचारमा उल्लेख छ । 

राजधानी दैनिकबाट