राज्यव्यवस्था तथा सुशासन र पूर्वाधार विकास समितिको बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-०९-१२ ०८:०० मा प्रकाशित
Total Shares: 46
काठमाडौं - संघीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार राज्यव्यवस्था तथा सुशासन र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
राज्यव्यवस्था समितिको बैठक दिउँसो १२ः१५ बजे कानुन समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने सम्भावित कार्यसूची छ ।
पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बस्नेछ ।
बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस