सीके नेतृत्वको जनमतले बोलायो केन्द्रीय समिति बैठक
खबर एक्सप्रेस
२०८१-११-१९ ०२:२४ मा प्रकाशित
Total Shares: 115
काठमाडौं - सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ।
आइतबार बसेको सचिवालय बैठकले आगामी आइतबार र सोमबार बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको हो ।
यसपालिको केन्द्रीय समिति बैठक महोत्तरकिो पावन मिथिला होटलमा बस्ने जनमतले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी गतिविधिबारे छलफल हुने जनमतले जनाएको छ। त्यस्तै मधेस प्रदेश समन्वय समितिको बैठक पनि बोलाइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस