नवनियुक्त तीन मन्त्रीले लिए शपथ
खबर एक्सप्रेस
२०८०-११-२१ ०५:५३ मा प्रकाशित
Total Shares: 139
काठमाडौं- नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्।शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्याल छन् ।तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले पथ तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन। नवनियुक्त तीनै जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो ।त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस