आईपीएल : मुम्बई अपराजित यात्रा कायम गर्ने
काठमाडौं,एजेन्सी - युएईमा जारी १३ औं संस्करणको आईपीएलमा आज मुम्बई इन्डियन्स र किंग्स ११ पञ्जाबबीच खेल हुँदैछ । खेल दुबई अन्तराष्ट्रिय रंगशालामा साँझ ७:४५ बजे सुरु हुनेछ ।
पछिल्ला पाँच खेलमा अपराजित रहेको मुम्बईलाई पञ्जाबले चुनौती दिन लागेको हो । मुम्बई अपराजित यात्रालाई कायम गर्नेतर्फ केन्द्रित रहेको छ भने पछिल्ला खेलमा जित निकालेको पञ्जाब उच्च मनोबलका साथ मैदानमा उत्रिदैँछ । पञ्जाबले बिहिबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ विकेटले हराएको थियो ।
आजको खेल मुम्बईले जितेमा पुन शिर्षस्थानमा उक्लने छ । यता, पञ्जाबले भारी अन्तरले जितेमा पाँचौ स्थानमा उक्लिन सक्ने सम्भावना रहेको छ ।
मुम्बई रोहित शर्माको कप्तानीमा हार्दिक पाण्डे, केइरन पोलार्ड, ट्रेन्ट बोल्ड, जसप्रित ब्रुमराह, क्वान्टन डी ककलगायतका अनुभवी र उत्कृष्ट खेलाडीको साथमा मैदान उत्रिदैँछ ।
यता, पञ्जाबमा भने केएल राहुलको नेतृत्वमा क्रिस गेल, ग्लेन म्यासवेल, म्यानक अग्रवाल, निकोलस पुरनलगायतका अनुभवी खेलाडी छन् ।
हेड टु हेटको आंकडा हेर्दा मुम्बई बलियो देखिन्छ । यी दुई टोलीबीच खेलिएका २५ खेलमध्ये मुम्बई १४ मा र पञ्जाब ११ खेलमा विजयी भएका छन् । पछिल्लो खेलमा मुम्बईले पञ्जाबलाईं ४८ रनले हराएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस