आजबाट चीन र भारतसँगको सबै नेपाली सीमा नाका बन्द
खबर एक्सप्रेस
२०७६-१२-१० ०७:४६ मा प्रकाशित
Total Shares: 278
काठमाडौं - नेपाल सरकारले कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम र नियन्त्रणको लागि केन्द्रीय कोष स्थापना गरेको छ ।
कूल ५० करोड रुपैयाँ राशि राखेर शुरू गरिएको कोषमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यहरूको एक महिनाको तलब जम्मा गरिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमवार बिहान १० बजेबाट लागू हुने गरी दुवै छिमेकी मुलुकका सम्पूर्ण नाकाबाट हुने यात्रु आवागमन एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
यद्यपी सीमा वारपारको ढुवानी भने नियमित हुने जनाइएको छ ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस