एमालेको सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा
खबर एक्सप्रेस
२०८१-०९-१० ०८:२८ मा प्रकाशित
Total Shares: 107
काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुनेछ ।
साथै, बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेन्डा तय गर्ने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस